२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र क्यानडाबीच दुरी बढ्दै

भारत र क्यानडाबीचको सम्बन्ध उत्कर्षमा पुगेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भारतीय कुटनितिज्ञलाई देश निकाला गर्दै भारत सरकारमाथि आरोप लगाएका छन्। 

उनले क्यानडमा भारतीय मुलका नेता हरदीप सिंह निज्जरको हत्या पछाडी भारत सरकार आफै संलग्न रहेको भन्दै क्यानडाका लागि भारतीय कुटनितिज्ञ पवन कुमार रायलाई निकाला गरेका छन्।  

बीबीसीका अनुसार भारतमा हालै सम्पन्न जी–२० सम्मेलनमा सहभागि हुन आएको बेला पनि क्यानडाका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता र खासै लगाव नभएको विषयले चर्चा पाएको थियो।  

ट्रूडो क्यानडा फर्के लगतै क्यानडाकी वाणिज्य मन्त्री मेरी एनजीका प्रवक्ताले क्यानडा र भारतबीचको द्विपक्षीय व्यापार सम्झौताबारेको छलफल रोकिएको बताएका थिए।

यता, भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्री जस्टिनको सबै आरोपलाई खारेज गरेको छ। भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै क्यानेडियन प्रधानमन्त्रीले भारत सरकारमाथि लगाएका सबै आरोपलाई खारेज गरेको बताएको छ।

यसै वर्षको जुन १८ मा निज्जरको क्यानडाको ब्रिटिश कोलम्बियामा एक गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो। उक्त घटनालाई उठाउँदै क्यानडाका प्रधानमन्त्री जस्टिनले भारत सरकारमाथि निशाना साधेका हुन्।

प्रकाशित: २ आश्विन २०८० ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App