१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण कङ्गोमा बाढीपहिरोः एक सय जनाको मृत्यु,सयौं घाइते

भारी वर्षाका कारण कङ्गोमा आएको बाढीपहिराेमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताएका छन्।

प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरोमा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताए। झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन्। घरहरू डुबेका छन् भने सडक भत्किएका छन्।

गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगरप्रमुख अलिद शिबान्डाले बताएका छन्।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाले बताए। अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ। सन् २०१९ मा पनि बाढीपहिरामा परी ३२ जनाले ज्यान गुमाएका थिए।  

प्रकाशित: २८ मंसिर २०७९ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App