६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुका ४ पालिकामा डेंगीविरुद्ध खोज र नष्ट अभियान

कपिलवस्तुमा पनि डेंगीको रोग फैलिदै गए पछि त्यस विरुद्ध अभियान संचालन गरिएको छ। जिल्लाका चार पालिकामा डेंगीविरुद्ध अभियान संचालन गरिएको हो।  

राजमार्ग क्षेत्रमा पर्ने पालिकाहरु बाणगंगा, बुद्धभुमी , शिवराज र महाराजगंज नगरपालिकामा डेंगी विरुद्ध अभियान संचालन गरिएको हो। बाणगंगा, बुद्ध्भुमी र शिवराज नगरपालिकामा खोज र नष्ट गर अभियान र महाराजगंज नगरपालिकामा डेगीविरुद्ध बिषादी छर्ने काम सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

जिल्लाको बाणगंगा, बुद्धभुमी र शिवराजमा डेंगी रोगका विषयमा सरोकारवालासंग छलफल गरी कार्यक्रम अघि बढाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। लामखुट्टेको लार्भा नष्ट गर्न सो अभियान संचालन गरिएको हो। उनले जिल्लामा समेत डेंगी रोगका बिरामीहरु बढदै गए पछि पालिकाहरुसंग समन्वय गरी सचेतनामुक कार्यक्रम संचालन गरिएको बताए।  

बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले आफनो पालिकाको पाच वटा वडाको बजार क्षेत्रमा सचेतनामुलकसहित खोज र नष्ट गर भन्ने अभियान संचालन गरिएको बताए। वडा नम्बर १ को पत्थरकोट, २ को गोरुसिंगे, ९ को इमिलिया, ६ को महुवा र १० को चेत्रादेइमा खोज र नष्ट गर अभियान संचालन गरिएको हो। मेयर श्रेष्ठले कार्ययोजना बनाई काम अघि बढाइएको बताए।  

उता महाराजगंजका मेयर अब्दुल कलामले आफनो पालिकाको बजार क्षेत्रमा सशस्त्र प्रहरीसंग सहकार्य गरी बिषादी छर्ने काम सुरु गरिएको बताए। उनले फाटफुटरुमा आफनो पालिकामा समते डेंगीका बिरामी भेटिएको बताए। पालिकाको बजार क्षेत्रमा सचेतनामुलक कार्यक्रम समेत गरिएको उनको भनाइ छ।  

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले आफनो पालिकामा जिल्लाको सबै भन्दा बढी डेंगीका बिरामी फेला परेको बताए। उनले पिपरा अस्पतालमा जाचको व्यवस्था गरिएको बताए। पालिकाको बजार क्षेत्रहरुमा खोज र नष्ट गर अभियान संचालन गरिएको बताए।  

संचार माध्यममा डेंगीका संबन्धी सचेतनामुलक सन्देश प्रकाशन प्रसारण गरिएको बताए। जिल्लाभर नै अहिले डेंगीका सन्त्रास फैलिदै गएको छ। स्वास्थ्य कार्यालय अनुसार जिल्लामा अहिलेसम्म २ सय बढी संक्रमित फेला परेको बताए। गत २ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकांश विरामी डेंगु लागेको हुनसक्ने भन्दै सशंकित हुने गरेका छन।  

पछिल्लो समय भाइरलका विरामीको समेत चाप बढ्ेको छ। पिपरा अस्पताल र कपिलस्तु अस्पतालमा बिरामीहरुको चाप बढेको छ।  भाइरल ज्वरो र डेंगीको लक्षण मिल्दोजुल्दो  रहेकोले अस्पतालमा अहिले चााप निकै बढेको कपिलवस्तु अस्पतालमा मेसु किशोर बन्जाडेले बताए।  

‘निःशुल्क जाच हुने भएकाले शंका लागे पछि बिरामीहरु उपचारमा आउछन ’ उनले भने। उता उपभोक्ता हकहीत संरक्षण मञ्चका सदस्य मनोज श्रीवस्तवले जिल्लामा रहेका १० पालिकाहरुले डेंगी नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको बताए। ‘केही पालिकाले डेंगीका विषयमा चासो लिएका छन तर त्यो प्रर्याप्त छैन’ उनले भने।  

सफा पानीमा बस्ने एडिस जातको लामखुट्टले टोके भने डेंगु लाग्ने गर्दछ। घरमा रहने गमला, कुलर , टायरको पानीमा सो लामखुट्टे बस्ने गर्दछ। प्रायः उज्यालो समय मै सो लामखुट्टले टोक्ने गर्दछ। डेंगुबाट बच्न जिल्लाका १० वटै पालिकाले सचेतनाका कार्यक्रम संचालन गर्नु पर्ने निमित्त प्रमुख श्रीवास्तवले बताए।  

प्रकाशित: ३ कार्तिक २०७९ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App