३ पुस २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बन्यो विद्यालयको छत

नागरिक समाचार प्रभाव

वीरेन्द्रनगर नगरपालिका –१६ लेहडास्थिल सरस्वती प्रावीको पाता हावाहुरीले भत्काएपछि चौरमा बसेर पढ्दै विद्यार्थी। बैंकले पुनर्निर्माण गरेपछि देखिएको विद्यालयको स्वरुप। तस्विरः गोविन्द/नागरिक

जेष्ठ १६ गते नागरिकन्यूज डटकम र १७ गतेको नागरिक दैनिकमा ‘विद्यालयको छत उडाएपछि चौरमा पढाइ’ शीर्षकको समाचार प्रकाशनपछि एनएमवी बैंकले विद्यालय भवन पुनर्निर्माण गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य थिए। उक्त समाचार प्रकाशनपछि एनएमवी बैंकले ५ लाख रूपैयाँ बढी रकम खर्चेर फेरि बलियो छतसहित पुनर्निर्माण गरेको हो।  

एक कार्यक्रम गरेर बैंकले ४ वटा कोठाको पुनर्निर्माण भवन विद्यालयलाई हस्तान्तरण गरेको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया ईन्चाज मित्रराज प्याकुरेलले बताए। जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण विद्यालयको छत (टिन) उडाएको थियो। जसका कारण विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका थिए।

बैंकले वित्तिय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए। ‘सामाजिक कार्यमा एनएमवी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं।’ प्रधानाध्यापक खड्काले भने, 'वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवासुविधा छैन। यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ।’ 

भवन पुनर्निर्माणपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यको विद्यार्थी केशव खड्काले बताए। हावाहुरीले भत्काएको बान्नोसहित परिपरि विममा नट हाल्ने र क्रसिङ नटले बरिपरि पुरै कस्ने, दुई सरियाले परिवरी ताईपिङ हालेर ४ फिटको बान्नो, उठाई त्यसमाथि सुली उठाएमा टिनमाथि बलियो गरी च्यापेर बलियो गरी पुनर्निर्माण भएको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष यामबहादुर खत्रीले बताए।

हावाहुरीले पाता उडाएको लामो समयसम्म पनि पुनर्निर्माणमा सरोकारवालाहरुले चासो दिएका थिएनन्। जसका कारण विद्यार्थीहरु चौरमा बसेर बढ्नुपर्ने बाध्यता रहेको थियो।

यो पनि पढ्नुहोस्

हावाहुरीले छानो उडायो, विद्यार्थी चौरमा पढ्न बाध्य

प्रकाशित: १८ असार २०७९ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App