१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

काठमाडौंमा थप ७ जनामा हैजा संक्रमण

काठमाडौंमा थप ७ जनालाई हैजा संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौंका अनुसार थप ७ जनामा संक्रमण देखिएको हो।  

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीका अनुसार  संक्रमण हुनेमा काठमाडौं महानगरका ४ जना,चन्द्रागिरी नगरपालिकाको १ जना र बुढानिलकण्ठ नगरपालिकाकको १ जना रहेका छन्।  

संक्रमितहरुको अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ। यसअघि पनि काठमाडौं बागबजारका दुई जनामा हैजा देखिएको थियो। उनीहरु उपचार पछि घर फर्किएका छन्। 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ।

मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ।

प्रकाशित: १२ असार २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App