५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा  १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।

महराजगन्ज नगरपालिकामा आधारभुत तहको सुविधा सम्पन्न अस्पतालको कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य मेयर अब्दुल कलाम र उम मेयर सुभावपत कुर्मीले फाउन्डेशमा ईटा हालेर भवनको शिलान्यास गरेका हुन्।

सो अवसरमा महामन्त्री आचार्यले विकासमा पछि परेको महाराजगंज नगरपालिकामा अस्पताल निर्माणले अब जनताले यहीबाट उपचार सुविधा पाउने बताए। उनले विकासमा निकै पछि परेकमो महाराजगन्जमा अस्पताल निर्माण भए पछि नगरका जनताले धेरै राहत पाउने बताए।

‘अस्पताल बने पछि अब सामान्य उपचारकालागि भारत र बुटवल तौलिहवा जाने बाध्यता हटनेछ’ उनले भने। पछिल्लो ५ वर्षको अवधिमा महाराजगन्जमा धेरै विकासका कामहरु भएको उनले बताए।

महराजगन्ज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थय चौकीको उत्तर तर्फ एक बिघा बढी क्षेत्र रहेको जग्गामा सुविधा सम्पन्न अस्पताल निर्मााणको कार्य विधिवत रुपमा अघि बढको महाराजगन्जका मेयर अब्दुल कलामले  बताए।

‘अस्पताल निर्माणको कार्य अघि बढी सकेको छ, ठेकेदार कम्पनीलाई समय मै काम गर्न निर्देशन दिएका छौ’  उनले भने। निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा उपलब्ध हुने उनले बताए। जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसि डेन्टल आखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए।

अस्पताल निर्माण भए पछि महराजगन्जले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए। सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर कलामले बताए।

उनले नगरबासीको स्वास्थ्य सेवा आफ्नो पालिकाको पहिलो प्राथमिकता रहेको बताए। उनले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको बताए। ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर सञ्चालन भइसकेको उनले बताए। बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाइने उनले बताए।

यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनले बताए। प्राथमिक उपचार सेवा केनद्रमा एक्सरेको सेवा, ४ वटा ल्याब लगातय भौतिक पूर्वाधारको सेवा समेत विस्तार गरिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले नगर कै गौरवको योजनाका रुपमा रहेको अस्पताल निर्माणको काम अघि बढेको बताए। यसले नगर क्षेत्रको आधारभुत सेवाकारुपमा स्वाथ्य क्षेत्रले फाडको मार्ने बताए।

नगरपालिका इंजीनीयर सुनिल केसीले २८ करोडको ठेक्का आह्वान गरिएकामा टेण्डर प्रक्रियामा कुमार रोयल जेबीलाई ५ करोड ४६ लाखमा भवन निर्माणको ठेक्का परेको बताए। उनले लिफट सिस्टमा आपांग मैत्री, ३ तले र २९ कोठे भवन १२ सय स्क्वायर फिटमा भवन बन्ने छ। आगामी अप्रेल २०२४ मा भवन निर्माणको काम सकिनेछ।

भवन उद्घाटनका अवसरमा प्राथमिक सेवा उपचार केन्द्रलाई जग्गा दान दिनेहरु गंगोत्री चौधरी, शत्रुघन प्रसाद चौधरी, अंशु वर्मा, राधेकिशुन जैसवाल, सन्तराम बरइलाई सम्मानित गरिएको थियो।

मेयर कलामको अध्यक्षता र राधेश्याम जैसवालको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस नेता गंगेश तिवारी, बिदाधर पाण्डेय, नगर पालिकाका प्रशासन शाखाका प्रमुख निरञ्जन पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रकाशित: २५ चैत्र २०७८ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App