५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भारतमा १५ सय कोरोनाका नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन्। 'दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,' सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ। यही मार्च १९ का दिन दुई हजार ७५ जना सङ्क्रमित भएको देखिएकोमा त्यसको भोलीपल्ट मार्च २० मा एक हजार ७६१ जना मात्रै सङ्क्रमित भएका थिए। त्यसैगरी मार्च २१ मा एक हजार ५४९ मा झरेको थियो। 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड ३० लाख १० हजार ९७१ पुगेको छ। सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

भारतमा अहिले दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको छ। एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १६ हजार ५१० जनाको मृत्यु भएको छ । ती मध्ये ३१ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

प्रकाशित: ८ चैत्र २०७८ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App