६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शून्यमा झर्‍यो भक्तपुरमा कोरोनाका बिरामी

भक्तपुरमा कोरोना भाइरसका बिरामी मंगलबार शून्यमा झरेको छ। जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको जानकारी अनुसार जिल्लामा एकजनामा पनि कोरोना भाइरस संक्रमण भएको भेटिएन। जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले पहिलो पटक जिल्लामा कोरोना शून्यमा झरेको जानकारी गराए।

सोमबार जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएको थियो। मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकामा एकएक जना गरी सोमबार जिल्लाभरिमा कुल दुई जनामा मात्रै कोरोनो संक्रमण भेटिएको थियो।

जिल्लामा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन्। पछिल्लो केही हप्तादेखि जिल्लामा कोरानो पोजेटिभ हुने बिरामीको संख्या निरन्तर रुपले घट्दै गइरहेको थियो।

प्रकाशित: २४ फाल्गुन २०७८ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App