२ पुस २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा ६५ प्रतिशतले लगाए खोपको दोस्रो मात्रा, प्रदेशमै पहिलो हुने लक्ष्य

ताप्लेजुङमा ६५ प्रतिशतनागरिकले कोरोना खोपको दोस्रो मात्रा लगाएका छन्। ६४ प्रतिशतले पहिलो मात्रा लगाएका छन्। एक मात्रा (जोन्सन एण्ड जोन्सन)मात्र लगाए पुग्ने खोपलाई पूर्ण खोपकोरुपमा लिएकाले पहिलो भन्दा दोस्रो मात्रा लगाउनेको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार २०७८ साल पुस मसान्तसम्म कोरोनाविरुद्धको खोपको कभरेज ६६ प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको थियो। ताप्लेजुङमा मोडर्ना खोपको दोस्रो मात्रा लगाउने क्रम जारी रहेको तर त्यसको सबै तथ्याङ्क प्रविष्ट भइ नसकेकोले ताप्लेजुङको प्रगति राष्ट्रिय लक्ष्य भन्दामाथि पुगेको रायले बताए।

अहिले ताप्लेजुङमा खोप अभियान सञ्चालन भइरहेको छ। अहिले सञ्चालन भएको खोप अभियानको सबै नतिजा आइसकेको अवस्थामा खोप कभरेजको दृष्टीले ताप्लेजुङ प्रदेश १ मै पहिलो हुने संकेत देखिएको उनले बताए। ‘सोहि अनुसार खोप अभियानलाई तीव्रगतिमा अघि बढाईएको छ’ रायले भने। पालिकामा खोप कभरेजका हिसावले भने फक्ताङ्लुङ गाउँपालिका पहिलो र फुङ्लिङ नगरपालिका दोस्रो अवस्थामा रहेको छ।सीमावर्ती क्षेत्रका १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउनु पर्नेगरी फक्ताङ्लुङ गाउँपालिका खोपको पहिलो सूचीमा थियो भने त्यसपछि फुङ्लिङ नगरपालिका रहेको थियो।  

खोप सुपरभाइजर रायका अनुसार फक्ताङलुङमा पहिलो मात्रा ७५ प्रतिशतले र दोस्रो मात्रा७८ प्रतिशतले लगाएका छन्। फुङलिङमा पहिलो र दोस्रो मात्रा लगाउनेको प्रतिशत क्रमशः७५ र ७६ रहेको छ। जिल्लाभरमा सबैभन्दा कम खोपको कभरेज मेरिङ्देन गाउँपालिकामा देखिएको छ। त्यहा पहिलो मात्रा लगाउने ४७ प्रतिशत र दोस्रो मात्रा लगाउने ५१ प्रतिशत रहेका छन्।  

यस्तै सिदिङ्वामा पहिलो र दोस्रो दुबै खोप लगाउने ६३ प्रतिशत रहेका छन्। सिरिजंगामा७० प्रतिशतले पहिलो मात्रा र ६८ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। यस्तै मैवा खोलामा ५० प्रतिशतले पहिलो र ५५ प्रतिशतले दोस्रो, मिक्वा खोलामा ५५ प्रतिशतले पहिलो र ५९ प्रतिशतले दोस्रो तथापाथीभरा याङ्वरकमा ६० प्रतिशतले पहिलो र ६४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। आठराइ त्रिबेणीमा पहिलो र दोस्रो मात्रा लगाउनेको प्रतिशत समान ६२–६२ रहेको छ।

प्रकाशित: १८ माघ २०७८ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App