१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

शिलन्यास भए तर बनेनन् अस्पताल

जग्गा टुंगो नलाग्दा तीनै स्थानीय तहमा अस्पताल निर्माण कार्य अन्योलमा

त्रिपुरासुन्दरी नगरपालिकाका उपमेयर चन्द्रकुमारी बुढाले प्रारम्भिक स्वास्थ्य सेवा अस्पताल भवन निर्माणको लागि गत वर्षको मंसिर १५ गते तामझामका साथ भवनको शिलन्यास गरिन्।तर भवन निर्माणको लागि शिलान्यास एक वर्ष वितिसक्दा समेत भवन निर्माणको सुरसारसम्म भएको छैन।

सुविधा सम्पन्न अस्पतालको अभावमा सामान्य रोगको उपचारको लागि सदरमुकाममा रहेको अस्पतालमा जानु पर्ने बाध्यता सर्वसाधारणको छ। तर,अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्। 

देशैभरका सबै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पुर्‍याउने सरकारको लक्ष्य अनुसार २०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभुत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलन्यास गरेपछि मात्र सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्देशन गरेको थियो।

सरकारी अनुदान प्राप्तीको लागि देशैभर रहेका स्थानीय तहले अस्पताल निर्माणको लागि एकैसाथ भवन शिलन्यास गरेका थिए।हिमाली जिल्ला डोल्पाका ८ ओटा स्थानीय तहमध्ये पहिलो चरणमा आधारभूत अस्पताल निर्माणको लागि तीनवटा स्थानीय तह छनोट भएका थिए।

छनौट भएका स्थानीय तहमध्येमा डोल्पोबुद्ध गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका हुन्। सरकारले छनोट गरेपनि तीनवटै स्थानीय तहमा अस्पताल बनाउने जंगा टुंगो नलाग्दा तीनवटै स्थानीय तहमा अस्पताल निर्माण कार्य अहिलेसम्म अन्योलमा छ।

त्रिपुरासुन्दरी नगरअस्पताल निर्माणको लागि स्थानीय समाजसेवी टंकप्रसाद उपाध्यायले निशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा ०७७ मंसिर १५ मा भवन निर्माणको लागि शिलन्यास गरिएपनि अझै दश रोपनी जग्गा अपुग भएपछि निर्माण कार्य सुरु हुन नसकेर ढिलाई भएको नगरपालिका प्रमुख प्रशासकिए अधिकृत प्रितिभक्त गिरीले बताए।

ठेक्का भइसकेपनि जग्गा अपुगका कारण  अन्योलमा परेको अस्पताल निर्माण कार्यलाई मूर्तरुप दिनको लागि  त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ रल्लीमा रहेको राजारानीस्थित जग्गामा पुन सर्भे गरेर भवनको लागि फिल्ड सम्याउने कार्य भइरहेको पनि प्रशासकिए अधिकृत गिरीले बताए।अस्पतालका लागि पहिलो चरणमा एक करोड रुपैयाँ समेत प्राप्त भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ।

त्यसैगरि उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा पनि अस्पताल निर्माणकार्य अन्योलमा परेको छ। गाउँपालिकाको केन्द्र धोमा बनाउने भनिएको अस्पतालको अहिलेसम्म बिस्तृत योजना प्रतिवेदन(डिपिआर) गर्ने काम समेत सम्पन्न हुन सकेको छैन्। 

सरकारको लक्ष्य अनुसार दश शैयाको अस्पताल निर्माण गर्ने भनेर पहिलो चरणमा ८५ लाख बजेट प्राप्त भएको तर जग्गा नपुग्दा निर्माणकार्य समेत अन्योलमा परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पज्ञांनीले बताए।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ६ मा बनाउने भनिएको पाँच शैयाको अस्पताल पनि जग्गा अपुगका कारण शिलान्यास समेत हुनसकेन।सरकारबाट आधारभुत अस्पताल निर्माणकालागि पहिलो चरणमा ७४ लाख रकम प्राप्त भएको गापा अध्यक्ष दत्तबहादुर शाहीले बताए। 

केपी ओली नेतृत्वको सरकारले प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल निर्माण अभियान बमोजिम न्यूनतम एक करोड सम्मको बजेट विनियोजन गरेपनि कतिपय स्थानीय तहले बजेट फ्रिज जान नदिनको लागि शिलान्यासको नाटकीय प्रपन्च गरेपनि अहिलेसम्म भवन निर्माणको डिपिआरसम्म नबनाउनु दुखद भएको स्थानीय देविकृष्ण उपाध्यायले बताए।

प्रकाशित: १८ माघ २०७८ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App