१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

फिजियोथेरापी संघको अध्यक्षमा भारती देव चयन

नेपाल फिजियोथेरापी संघ प्रदेश १ को अध्यक्षमा भारती देव सर्वसम्मत चयन भएकी छन्। शनिबार विराटनगरमा भएको फिजियोथेरापी संघको प्रदेश भेलाले देवको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो।

समितिको उपाध्यक्षमा अनुरागराज अधिकारी, सचिवमा पायल अग्रवाल, कोषाध्यक्षमा प्रमोद मेहता चयन भए। त्यसैगरी सदस्यहरुमा विनोद भट्टराई, सुदीप बराल, नरेन्द्र जोशी, सुरेन्द्र राजवंशी, अभिषेक साह, जितेन्द्र यादव र सिर्जना श्रेष्ठ रहेका छन्।

अध्यक्ष देवले पछिल्लो समय फिजियोथेरापी उपचारका लागि भरपर्दो सेवा बन्दै गएको बताइन्। केही वर्ष अघिसम्म फिजियोथेरापी उपचारलाई फरक दृष्टिकोणबाट हेर्ने गरिएको भए पनि हाल सर्वसाधारणमा यसबारे जनचेतना बढेको छ।

प्रदेश १ हाल ६० जना फिजियोथेरापिष्टले सेवा प्रवाह गरिरहेको संघले जनाएको छ। विगतमा फिजियो अध्ययनका लागि काठमाडौंदेखि विदेश जानुपर्ने बाध्यता हटेको छ। विराटनगरका शिक्षण अस्पतालहरुमा यस विषयको पढाइ हुन थालेले अब बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको बताइएको छ।

प्रकाशित: २७ कार्तिक २०७८ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App