२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिँदै ।

कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफले एक करोड बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ। संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो।  

प्रदेश अस्पतालमा आयोजित कार्यक्रममा ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले स्वास्थ्य सामग्रीहरु प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेका थिए।  

ब्याक टु लाइफ जर्मन आइएनजीओ हो। कर्णाली प्रदेशको मुगु र बागमती प्रदेशका केही जिल्लाहरुमा ब्याक टु लाइफले स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ।  

कार्यक्रममा ब्याक टु लाइफका पब्लिक रिलेसन अधिकृत अन्जन दाहालले ४२ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्रदेश अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको बताए।  

ब्याक टु लाइफले प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान, प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डिआर एक्स–रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स–रे मेशिन १ सेट हस्तान्तरण गरेको हो।

प्रकाशित: ७ आश्विन २०७८ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App