५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बढ्दै कोरोना संक्रमित : २४ घन्टामा भेटिए एक हजार ८८९ सङ्क्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै कूल सात हजार १८९ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्रमित भेटिएको जनाएको छ। यस्तै, कूल चारहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा पनि सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५९७ जना र ४१ जना बिरामीको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। योसँगै अहिलसम्म नेपालमा नौ हजार ११२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढिरहेको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: १६ असार २०७८ ११:४० बुधबार

कोरोना भाइरस