४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिड उपचारमा प्लाज्मा थेरापी नगर्ने भारतीय निर्णय

भारतले कोभिड–१९ का बिरामीको उपचारमा प्रयोगमा ल्याएको प्लाज्मा थेरापी विधि सोमबारदेखि हटाएको छ। बायोमेडिकल रिसर्चसम्बन्धी भारतको सर्वाेच्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को गत साता सम्पन्न बैठकमा सहभागी सबै सदस्य कोरोना उपचारमा हाल अवलम्बन गरिएको कोभालेसेन्ट प्लाज्मा विधि हटाउन सहमत भएका थिए। 

कोभिड–१९ का बिरामीको उपचारमा यो विधि निष्प्रभावी तथा कतिपयका लागि अनुपयुक्त रहेकाले प्रयोग नगर्ने निर्णय भएको भारतीय दैनिक टाइम्स अफ इन्डियाले जनाएको छ। यो निर्णयसँगै कोभिड–१९ का बिरामीको उपचारका लागि बनेको क्लिनिकल व्यवस्थापन निर्देशिकाबाट यो विधि हटाइएको छ। 

आइसिएमआरका एक अधिकारीले पछिल्ला दिनमा भएका अध्ययनबाट यो विधि वैज्ञानिक नभएको देखिएको बताए। विभिन्न जनस्वास्थ्य विज्ञले यो विधिले भाइरसका नयाँ भेरियन्ट ल्याउन सहयोग गरेको समेत बताउँदै आएका थिए। नेपालमा भने यो विधि प्रयोगमा छ। तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालले उपचारमा यो विधिको सिफारिस नगरेको बताए। ‘हामीले उपचारमा रेमडिसिभिर र प्लाज्मा थेरापीलाई पहिलेदेखि नै अवलम्बन नगर्न सिफारिस गरेका थियौं,’ उनले भने।

प्रकाशित: ६ जेष्ठ २०७८ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App