५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण गर्दै । तस्बिर : नागरिक

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ । कोभिड–१९ संक्रमित बिरामीहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उक्त किट निःशुल्क वितरण गर्न थालिएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए ।  

पछिल्लो समय गाउँपालिकाभित्र कोरोनाको बिरामी थपिँदै गएकाले किट वितरण सुरु गरिएको उनको भनाइ छ । कोभिड–१९ का जटिल बिरामी बाहेक अन्यलाई घरमा नै राखिने भएकाले किट आवश्यक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार बिरामीलाई १० थान पेपर मास्क, सय एमएलको सेनिटाइजर, डिजिटल थर्मामिटर, जिंक, भिटामिन सि, भिटामिन डि थ्रि , भिटामिन इ, बि–कमप्लेक्स, क्यालसिएम, पारासिटामोल र लेभोसिट्रिजिन उपलब्ध गराइने छ । कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिने गरिएकोमा अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएको  छ ।  

यो गाउँपालिकामा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ३८ वटा एन्टिजेन परीक्षण गर्दा १४ र ४ सय ९० आरटि–पिसिआर गर्दा ५५ जनामा कोरोना पुष्टि भएकोमा ५० जना निको भएका छन् । गाउँपालिकामा अहिले १८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: ४ जेष्ठ २०७८ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App