५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

३२ हजार भाइल रेम्डिसिभर औषधि नेपाल आइपुग्यो

कोरोना संक्रमितहरुको उपचारका लागि ३२ हजार भाइल रेम्डिसिभर औषधि बंगलादेशबाट नेपाल ल्याइएको छ। मंगलबार ढाकाबाट १० हजार भाइल नेपाल सरकार र २२ हजार भाइल आयान हेल्थ केयर प्रा.लि, कुपन्डोलले २२ हजार भाइल रेम्डिसिभर औषधि ल्याइएको हो। आयन हेल्थ कियर प्रा.लि.का सञ्चालक डा. महम्मद कलामका अनुसार यो औषधि विमान चार्टड गरेर ल्याइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार साँझ बंगलादेशबाट रेम्डिसिभर औषधि आइपुगेको जानकारी दिए। उनका अनुसार सरकारले ल्याएको औषधि सरकारी अस्पतालमा वितरण गरिनेछ। सरकारी अस्पतालहरुमा सो औषधि निःशुल्क वितरण दिइने छ। सप्लार्यसले ल्याएको औषधिको मूल्य करिब ५ हजार तोकिएको प्रवक्ता गौतमले जानकारी दिए। 

आयान हेल्थ केयर प्रालिका सञ्चालक डा. महम्मद कलामका अनुसार बंगलादेशको औषधि कम्पनी इन्सेफ्टा र डेकनबाट ल्याइएको हो।

प्रकाशित: २८ वैशाख २०७८ १६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App