६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

एकैदिन थपिए २ हजार ४२८ नयाँ संक्रमित, ५ जनाको मृत्यु

नेपालमा एकैदिन २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।  

पछिल्लो २४ घण्टामा थपिएकामध्ये काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा दश हजार एकजनाको आरटीपीसीआर र चार सय ४७ एन्टिजेन परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन्।  

पछिल्लो चौबीस घण्टामा ५ जनाको मृत्यु भएको छ। मृतकको संख्या ३ हजार ११७ पुगेको छ। 

गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०७८ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App