राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रियसभाका ४१ सांसदसहित ९७ जनाको कोरोना हिजो कोरोना परीक्षण गरिएकोमा ६ जनामा भाइरस पुष्टि भएको हो। कोरोना जाँचको रिपोर्ट भने आज आएको हो।
राष्ट्रियसभाको हिउँदे अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ।
एक जना सांसद र कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि अधिवेशनमा भने कुनै प्रभाव नपर्ने सहप्रवक्ता धमलाले बताए। ‘अधिवशेनमा खासै प्रभाव पर्दैन, कोेरोना पुष्टि भएकाहरु आउनुहुँदैन,’ उनले नागरिकलाई भने।
प्रकाशित: १७ पुस २०७७ ०८:३८ शुक्रबार