२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बर्दियामा कोरोनाबाट एक महिलाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

सांकेतिक तस्वीर

कोरोना संक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ की ८५ वर्षीय महिलाको मृत्यु भएको हो।

गत आइतबार मृतक महिलामा कोरोना पोजेटिभ देखिएको थियो। गएराति उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै बर्दियामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनकाअनुसार जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ५२ पुगेको छ। जसमध्ये ७१ जनामा कोरोना भाइरस सक्रिय रहेको छ। सक्रिय संक्रमितहरुको भेरी अस्पताल नेपालगन्ज र जिल्लाका विभिन्न ठाउँमा उपचार भईरहेको छ।

प्रकाशित: १५ पुस २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App