४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतमा पनि आइपुग्यो बेलायतको बढी संक्रामक नयाँ कोरोना

बेलायतमा फैलिइरहेको कोरोना भाइरसको नयाँ प्रजाति भारतमा पनि फेला परेको छ।  

भारतीय सञ्चारमाध्यम एनडी टिभीका अनुसार भारतका ६ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो।  

गत नोभेम्बर २५ देखि डिसेम्बर २४ सम्ममा बेलायतबाट हालै भारत फर्किएका ३३ हजार यात्रुमध्ये ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको र तीमध्ये ६ जनामा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार (भेरिएन्ट) को संक्रमण पुष्टि भएको हो।

सबैभन्दा पहिले बेलायतमा देखापरेको यो परिवर्तित कोरोना भाइरस पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिएको छ। 

प्रकाशित: १४ पुस २०७७ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App