५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमा कोरोना खोपका लागि तयारी गर्न बाँकी नै छ : डा. सुवेदी

विश्वभर पछिल्लो समय तीब्र गतिमा फैलिएको कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि ठूला देशमा विभिन्न उपायहरु अपनाउँदा पनि यो नियन्त्रणमा आउन सकेको छैन।

नेपालमा भने कोरोना संक्रमण दर बढ्दो भएपनि यहाँका अस्पतालमा बिरामीको संख्या घट्दै गएको संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदिले बताए। सरकारले प्रस्तुत गर्ने कोरोनाको दैनिक आंकडा कम भएको र जुन किसिमको माहामारीको आकडा हामीसँग हुनुपर्ने हो त्यो नै सरकारले नदेखाएको सुवेदीको आरोप छ।

नागरिक फ्रन्ट लाइनमा कुरा गर्दै उनले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका दुई मुख्य समूहको कोरोना टेष्टनै न्युन रहेको बताए। लक्षण नभएका मानिसको र नेगेटिभ रिपोर्ट आउनेहरुको मात्र पटक पटक टेष्ट गरिएको बताए।

पिसिआर टेष्ट भनेको रोग लागेको छ कि छैन भनेर चेक गर्नुपर्ने टेष्ट भएको बताउँदै पोजेटिभ देखिएको १४ दिनपछि पुन टेष्ट गर्न आवश्यक नरहेको पनि उनले प्रष्ट पारे। साथै स्वास्थ्य मन्त्रालयले नेपालमा रहेको मृत्युदर र संक्रमणदर को संख्या दैनिक सुनाउनु भन्दा कोरोना टेष्टलाई व्यापक बढाउनु पर्ने उनको भनाई छ।

शरिरको रोग प्रतिरोधी क्षमता आफ्नो दैनिकिको खानपिनमा भरपर्ने बताउँदै धुम्रपान नगर्ने धुलोधुवाँमा नजानाले पनि रोगसँग लड्न सकिने बताए। भिटामिन खाएर वा विभिन्न आर्युवेदिक औषधी खानाले  प्रतिरोधात्मक क्षमता नबड्ने उनको भनाई छ।  

उनका अनुसार जाडो मौसममा भाइरस बढी सर्ने सम्भावना हुन्छ। माहामारी नियन्त्रण गर्नको लागि दैनिक संक्रमणको तथ्यांकनै हामीसँग नभएको र कसरी संक्रमण भयो भन्ने कुरा पत्ता लगाउन नसकिएकोले माहामारी बढीरहेको उनले बताए।

नेपालमा पनि कोरोनाको खोप आउन अझै पालो कुर्नु पर्ने र समय लाग्ने उनले बताए। खोप नेपालमा ल्याई प्रयोगको लागि नेपालले ठूलो तयारी गर्न बाँकी नै रहेको उनले बताए।

विश्वका अति गरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकहरुले कोरोनाका महंगा खोपमा सहज र समानुपातिक पहुँच हासिल गर्न कसरी सक्छन् भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन।

 

प्रकाशित: २ पुस २०७७ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App