४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरस : पुरुषको तुलनामा महिला संक्रमितको संख्या किन कम?

कोरोना भाइरसबाट महिलाको तुलनामा पुरुष धेरै संक्रमित भएका छन्। विश्वभरको तथ्याङक हेर्दा त्यस्तै देखिन्छ। नेपालमा पनि पुरुषको तुलनामा महिला संक्रमितको संख्या थोरै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको आँकडा अनुसार जम्मा ४१ हजार ६ सय ४९ मा संक्रमण हुँदा पुरुष संक्रमितको संख्या ३२ हजार ३ सय ७७ र महिला संक्रमितको संख्या ९ हजार २ सय ७२ छ। मृत्यु हुनेमा पनि महिलाको संख्या पुरुषको तुलनामा महिलाको कम छ।

नेपाल मात्र यो यस्तो पहिलो देश होइन जहाँ पुरुषको तुलनामा महिला संक्रमितको संख्या थोरै छ। छिमेकी भारतमा पनि पुरुषको तुलनामा महिलामा संक्रमण कम छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण भारतमा ज्यान गुमाउनेमा ६९ प्रतिशत पुरुष छन्।

यसको कारण के हुनसक्छ ? के पुरुषको भन्दा महिलाको रोग प्रतिरोधात्मक क्षमता बढी छ ? सफदरगंज अस्पतालका कम्युनिटी मेडिसिन विभागका प्रमुख डा. जगुल किशोरका अनुसार महिलामा प्रतिरोधि क्षमता कम गर्ने ‘रिक्स फ्याक्टर’ कम हुन्छ। महिलाको तुलनामा धूम्रपान गर्ने पुरुषको संख्या धेरै छ। धूम्रपान र सुर्तिजन्य पदार्थको सेवनको सिधासम्वन्ध फोक्सोसँग हुने हुँदा त्यसले पनि धेरै असर गरिरहेको उनी बताउँछन्। चुरोट, खैनी र रक्सी जस्ता पदार्थ सेवन गर्दा मानिसको प्रतिरोधात्मक क्षमता प्रभावित हुने उनी बताउँछन्। चुरोट, खैनी र रक्सीले फोक्सोमा मात्र नभएर मुटुमा समेत असर गर्ने गर्छ। सर गंगाराम अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. धिरेन गुप्ताका अनुसार यसको कारण पुरुषको हर्मोन भएको बताउँछन्। पछिल्ला घटनाहरु हेर्दा पुरुषको तुलनामा महिलाको एम्युन रेस्पोन्स राम्रो रहेको हो कि भन्ने देखिएको गुप्ता बताउँछन्। यि सबै अनुमान भएता पनि पुरुष धेरै संक्रमित हुनुको खास कारण अहिलेसम्म बाहिर आएको छैन।

कोरोना भाइरसले मानिसलाई कसरी प्रभावित बनाइरहेको छ भन्नेबारे मेडिकल साइन्स मात्र होइन सामाजिक आर्थिक कारणको प्रभाव पनि देखिएको छ।  

नेपाल लगायत दक्षिण एसियामा पुरुषको तुलनामा महिला कामका लागि घरबाट कम बाहिर जाने गर्छन्। घरबाट बाहिर कम जानु र कम मानिसको सम्पर्कमा आउनु पनि यसको एक कारण हुन सक्छ।  

बीबीसीको सहयोगमा

 

प्रकाशित: १८ भाद्र २०७७ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App