१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

समन्वय बिना बिरामी रेफर नगर्न निजी अस्पताललाई चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीको उपचार गरिरहेका अस्पतालसित समन्वय नगरी बिरामी रेफर नगर्न चेतावनी दिएको छ। आइतबार नियमित पे्रस बि«फिङको क्रममा मन्त्रालयका प्र्रवक्ता डा.जागेश्वर गौतमले कोभिड अस्पताल तथा मन्त्रालयका समन्वय शाखासित समन्वय नगरी बिरामी रेफर गर्दा धेरै बिरामीहरुले सास्ती खेप्नु परेको भन्दै यस्तो चेतावनी दिएका हुन्।  

‘समन्वय बिना बिरामी रेफर गर्दा बिरामीको मृत्यु भएमा सम्वन्धित अस्पतालले जिम्मा लिनु पर्ने समेत डा. गौतमले चेतावनी दिए।  

परीक्षण गर्न ४ हजार ४ सयभन्दा भन्दा बढी शुल्क लिन नपाइने  

सशुल्क परीक्षण गर्ने गरेका कुनै पनि प्रयोगशालाले ४ हजार ४ सय रुपैंया भन्दा बढी शुल्क लिन नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ। बिभिन्न प्रयोगशालाहरुले तोकेको भन्दा बढी रकम लिने गरेको, अन्य बिधिबाट परीक्षण गरी आरडिटी परीक्षणको भनी नतिजा दिने गरेको, झुट्टा नतिजा जस्ता क्रियाकलापको बारेमा मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले अनुगमन गर्ने जनाएको छ।  

होटेलहरुलाई आइशोलेशन सेन्टरमा सूचीकृत गर्ने  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो संक्रमित दरसंगै अव उपत्यका तथा उपत्यका बाहिर रहेका बिभिन्न होटेलहरुलाई आइशोलेशन सेन्टर निर्माण गर्ने निर्णय गरेको छ। कुनै व्यक्तिले स्वइच्छाले आफै खर्च बेहोरी होटेल आइशोलेशनमा बस्न चाहेमा त्यो अनुसारको स्वीकृति दिने र आफ्नो खर्च बेहोर्न नसक्नेहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने मन्त्रालयले जनाएको छ। सरकार मार्फत होटेल आइशोलेशनमा बस्नेहरुको हकमा प्रति व्यक्ति २ हजार रुपैया प्रति दिन सरकारले होटेलहरुलाई भुक्तानी दिनेछ। होटेललाई आइशोलेशन सेन्टरमा सूचीकृत गर्नको लागि छिट्टै निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७७ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App