१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पाँच दिनअघि उपचार गर्न राजधानी गएका दोलखाका वृद्धलाई कोरोना संक्रमण

उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्‍याइएका दोलखाका एक वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।  

उपचारका क्रममा दोलखाबाट ५ दिनअघि राजधानीको सिनामंगलस्थित केएमसी लगिएका भीमेश्वर नगरपालिका २ तिखातलका ७६ वर्षिय ति वृद्धलाई बिहीबार बिहान कोरोना पुष्टी भएको थियो ।  

गत शनिबार राति घरमै बसिरहेका उनलाई अचानक टाउको दुख्ने समस्या देखिएपछि नजिकैको दोलखा बजारमा धुलिखेल अस्पतालले सञ्चालन गरेको स्थानीय अस्पतालमा लगिएको थियो । टाउकोमा समस्या देखिएको र रक्तचाप समेत अत्याधिक भएपछि जिल्लामा सिटि स्क्यानको सुविधा नभएकोले भोलीपल्ट थप उपचारका लागि उक्त अस्पतालले बृद्धलाई राजधानी रिफर गरेको थियो ।  

राजधानीमा बुधबार दुई पटक आरडिटी जाँच गर्दा पोजेटिभ देखिएको थियो । यस्तै, पिसिआर परीक्षणका क्रममा पनि पोजिटिभ देखिएपछि उनमा संक्रमण पुष्टी भएको वडाध्यक्ष बिराजमान श्रेष्ठले जानकारी दिए ।  

ट्रेसिङ गरिदै

संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सुरुमा उनको उपचारमा संलग्न चिकित्स र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण थालिएको जानकारी आफूले पाएको बताए । ‘उनलाई काहाँबाट संक्रमण देखियो भनेर सुरुमा अस्पताल भित्रै ट्रेसिङ सुरु गरिएकाले पनि जिल्लामा माथिबाट कुनै निर्देशन आएको छैन’ उनलेृ भने, ‘अस्पतालका स्वास्थ्यकर्मीहरुको रिपोर्ट आएपछि दोश्रो चरणमा उनको सम्पर्कमा आएकाहरुको गरिने कारण यहाँ समेत सतर्कता अपनाएर बसेका छौं’ । प्रजिअ शर्माले संक्रमित बृद्धको घर र टोल सिल गरिने बताए ।  

ति संक्रमीत बृद्ध घरमै बस्ने र बाहिर हिडडुल कम गर्ने गरेको एक छिमेकीले सुनाए । उनी भारतीय सेनाका निवृत्त समेत थिए । बिचमा एक जना आफन्त सैनिक बाहेक उनको घरमा कोही आएको थाहा नभएको छिमेकीहरुले सुनाए ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App