१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको डेरामा 'कन्ट्याक्ट ट्रेसिङ' नभएपछि त्रास बढ्यो

मंगलवार कोरोना संक्रमित पुष्टि भएकी नवलपरासीकी महिला डेरा बसेको घर अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङ नभएको गुनासो महिलाकी घरवेटीले गरेकी छिन् । संक्रमण पोजिटिभ आए लगत्तै उनले काम गर्ने कार्यालय पिपुल्स प्लाजास्थित सिद्वार्थ इन्स्युरेन्स शिल गरेको र संक्रमितलाई शसस्त्र प्रहरीको अस्पताल वलम्वु लगिसकिएको छ । तर संक्रमण भएको चार दिन बितिसक्दा पनि सरकारले खोजी नगरेको घरवेटी रमेश नेपालले बताए ।  

सरकारले लकडाउन खुकुलो पारेपछि २४ वर्षीय संक्रमित पतिसंगै मोटरसाइकल चढेर काठमाडौं आएकी थिइन । काठमाडौं आएपछि दुई दिन कार्यालय गएको र ७ दिन डेरामा बसेको घरवेटी नेपालले जानकारी दिए ।संक्रमित घरको दोस्रो फ्ल्याटमा बसेपनि इनारको पानी, भ¥याङको शिलिङ र गेट सवैले साझा रुपमा प्रयोग भएकोेले मनमा त्रास रहेको घरवेटी नेपालले बताए । महिलाको पतिको पिसिआर परिक्षणपछि नेगेटिभ आएपछि उनी सोही डेरामा रहेको नेपालले जाकारी दिए ।  

उनीसंगै टोलवासी समेत त्रसित रहेको उनले बताए । ‘टोलका मान्छे आएर कोरोना भएको घर शिल भएन, वाहिर ननिस्क भनेर हैरान बनाउँछन् ’ उनले भने । टोलमा त्रास फैलिएपछि विहिवारनै विहान वडा अध्यक्ष समेत आएर सम्झाएको उनले सुनाए । 

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App