२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा थप एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ

बैतडीमा थप एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । शनिबार दु्रत परीक्षण गर्दा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ वर्षीय पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ आएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए । सिगास गाउँपालिकाकै ती पुरुषलाई अलगै आइसोलेसनमा राखिएको छ ।

आरडिटी पोजेटिभ आएका ती युवकको भोली थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढी पठाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । ती युवक गत वैशाख १८ गते झुलाघाट नाकाबाट स्वदेश भित्रिएका थिए । श्रीभावर क्वारेन्टाइनमा २३ जना बसेका र अरुको रिपोर्ट भने नेगेटिभ आएको  छ । रिपोर्ट नेगेटिभ आए पनि उनीहरुलाई पनि क्वारेन्टाइनमै राखिएको छ । आरडिटी पोजेटिभ आएका व्यक्तिको पिसिआर रिपोर्ट नआउँदासम्म सबैलाई क्वारेन्टिनमै राखिने स्वास्थ्य शाखा प्रमुख धामीले बताए ।

बैतडीमा यसअघि बिहीबार डिलासैनी गाउँपालिका–१ का ५० वर्षीय एक पुरुषको पनि आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । उनको पिसिआर रिपोर्ट नेगिटिभ आएको छ । धनगढीमा परीक्षण गर्दा नेगिटिभ आएपछि उनलाई आइतबार जिल्ला अस्पताल बैतडीको आइसोलेसनबाट डिस्चार्ज गरिने बताइएको छ । बैतडीमा एक हजार ९ सय ९० जनाको दु्रत परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App