६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

टिचिङ अस्पतालका ४५ जना क्वारेनटाइनमा

नमूना परिक्षणको लागि टेकु पठाइयो

अस्पतालको न्युरो वार्डमा उपरार्थ कपिलवस्तुका ६ वर्षीय वालिकामा कोरोना संक्रमण पोजिटिभ देखिए पछि टिचिङ अस्पताल महाराजगंजका ३८ जना क्वारेनटाइमा रहेका छन्  । घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि पठाइएको नमूनामा  कोरोना पोजिटिभ देखिएपछि  उनको उपचार तथा हेरचाहमा खटिएका चिकित्सक, नर्स  तथा सम्पर्कमा पुगेका अन्य  विरामी तथा अन्य व्यक्ति गरी ४५ जनार्ला क्वारेनटाइनमा राखिएको टिचिङ अस्पतालका कोभिड – १९ संयोजक डा. सन्त कुमार दासले बताए ।  

डा. दासका अनुसार उनी घाँटीमा समस्या देखिएपछि गत मंगलवार अस्पताल आईपुगेका थिए । उनी अस्पतालका नियमित फलोअपका विरामी हुन् । चिकित्सकले उनको घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि कोरोना परिक्षणको लागि नमूना पठाएका थिए । उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि  उनको शल्यक्रिया पनि रोकिएको छ ।

सम्पर्कमा पुगेका सवैको नमूना संकलन गरी विहिवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट शुुक्रवार आउनेछ । उनको सम्पर्कमा पुगेका अन्यको पनि कन्ट्याक्ट टे«सिङ गर्ने तयारी भइरहेको छ ।  

प्रकाशित: १ जेष्ठ २०७७ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App