६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना रोकथाममा जुम्ला अब्बल (अपडेट)

जुम्ला- चीनको वुहान प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कास कोभिड टास्क गु्रप बनाइसकेको थियो । अस्पतालका डा. धिरज गुरुङले टास्क गु्रुपको नेतृत्व गरे । फागुन महिनाको पहिलो सातामा गठन भएको त्यो गु्रपको काम थियो,‘स्वास्थ्यकर्मीलाइ कोरोना भाइरसको जोखिमबाट बच्नको लागि तालिम प्रदान गर्ने र सरोकारवाला सबैलाइ सचेतीकरण गर्ने ।’

नेपालमा कोरोना भाइरसको बारेमा भर्खर बहसमात्र चलेको थियो । जुम्लामा कोरोना भाइरसको बारेमा सचेतीकरण निकै अघि बढि सकेको थियो । गाउँगाउँमा कोरोना भाइरस बारे तालिम, गोष्ठी हुन थाले । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे नै कोराना भाइरसको जोखिम हुन नदिन सक्रिय भएर खटिन् । कर्णाली प्रदेश सरकारले ¥यापिड रेस्पोन्स टिम गर्न गर्न भन्यो । यो गठनमा पनि जुम्ला निकै अघि भयो । यो टिमले जुम्ला छुने पाँच वटा नाकामा हेल्थ डेस्क स्थापना ग¥यो । त्यहाँ नियमित रुपमा स्वास्थ्य परिक्षणका क्रियाकलाप भए । एक सातामा ३ हजार ४ सय जनाको स्वास्थ्य परिक्षण भयो ।  

कर्णाली अस्पतालका निर्देशक डा. मगल रावलका अनुुसार जुम्ला बिमानस्थल, नाग्म, कनकासुन्दरी,गुठिचौर र तातोपानी गाउँपालिकामा हेल्थ डेस्क स्थापना गरिए । अहिले पनि यी डेस्कमा स्थानीय तहका स्वास्थयकर्मी परिचालित छन् । प्रतिष्ठानले  समुदाय सचेतीकरण महत्वपुर्ण भएको भन्दै चन्दननाथ १ मा पाइलटिंङका रुपमा काम अघि बढायो । स्वास्थ्यकर्मी घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणको काम गर्न थाले । फलस्वरुप कर्णाली प्रदेश सरकारले कर्णाली प्रतिष्ठान संग समन्वय गरेर मेडिकल मार्च कर्णालीभर चलाउने अबधारणा ल्यायो ।

त्यो भन्दा अघि प्रतिष्ठानको टोलीले कोरोना भाइरसका कारण उत्पन्न बाधा र चुनौतिका बारेमा विश्लेषण गर्‍यो । प्रतिष्ठानको एक टोली मुगुको खत्याड गाउँपालिकामा पुगेर ११ वडामा स्वास्थ्य परीक्षणमा जुट्यो  । प्रोफेसर डा. सुनिल बुढाथोकी सहित ६ जना खत्याडमा खटिएका थिए । अहिले कर्णाली प्रतिष्ठानको टोली प्रदेश सरकारले भनेअनुसारको ९ स्थानमा खटिएको छ । जुम्लाका सबै स्थानीय तहमा प्रतिष्ठानको टोली खटिएर स्वाब संकलन गरेर परीक्षण भइसकेको छ ।  

अस्पतालले सेनिटाइजर बनाइयो । पिपिई सेट जुम्लामै पहिलो पटक बन्यो । अहिले देशभरका अस्पतालले पिपिई सेट बनाउन थालेका छन् । कोराना भाइरसको रोकथामका लागि सरकारसंग पिसिआर मेसिन माग ग¥यो । देशका पन्ध्र गाउँमा पुग्यो । कर्णालीले पाएन् । पछिल्लो समयमा कर्णाली प्रतिष्ठानले आफ्नो लगानीमा पिसिआर मेसिन खरिद गरेर परिक्षण कार्य प्रारम्भ ग¥यो ।किट खरिद गर्‍यो । यो प्रक्रियामा कर्णाली प्रदेश सुरकारको पुर्ण साथ रहेको निर्देशक रावल बताउँछन् । हाल जुम्लामा ९ सय २३ जनाको पिसिआर  परिक्षण भइसकेको छ । सुर्खेत र काठमाण्डौ पठाएको गरेर जुम्लाका १ हजार २ सय ६३ जनाको पिसिआर परीक्षण भइसकेकोछ ।  

यहाँ आइसोलेसन बेड १२० छन् । अहिले सम्म ५ जना मात्र आइसोलेसनमा राखिएको तथ्यांक छ । कर्णाली प्रतिष्ठानमा रहेको ३ बेडको आइसियुलाइ बढाएर १० बेडको बनाइएको छ । अस्पतालको जनशक्तिले फुल टेस्ट गरेको खण्डमा दैनिक एक हजार जना सम्मको स्वाब परीक्षण गर्न सकिने देखाएको छ । जुम्लामा जनशक्ति पनि छ । औजार उपकरण पनि जुटिसकेको छ, निर्देशक रावलले भने,‘ अब साविकको कर्णालीको पाँच सहित बाहिर जिल्लाको पनि स्वाब परीक्षण गर्न सक्छौँ ।’ कोरोनाले उत्पन्न संकटमा कर्णालीली मुलुकलाइ पुर्ण पाठ सिकाउन सकेको कणालीबासी बताउँछन् ।

यहाँ किट अभाव हुन दिने छैनौँ । परीक्षण कार्यलाई निरन्तर जारी राख्ने छौँ । संकास्पद देखिएकाले जतिबेला पनि स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । जुम्लामा लकडाउन पनि एक दिन अघिदेखि सुरु भइसकेको थियो । कोरोना रोकथाम नियन्त्रणको अवस्था अनुगमन गर्न जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीले कर्णाली प्रतिष्ठान कोराना रोकथाममा अब्बल बनेको बताए । उनले भने,‘ पछिल्लो कोराना संकटमा कर्णाली प्रतिष्ठानले निकै राम्रो काम गरिरहेको छ । यहाँको प्रतिष्ठान, स्वास्थ्यकर्मीको योगदानको कर्णाली प्रदेश सरकार उच्च मुल्यांकन गर्दै सम्मान गर्ने माहोल बनाउँछ ।  

मुख्यमन्त्री शाहीले कर्णाली अस्पताल हबका रुपमा स्थापित भइसकेकोले निती कार्यक्रम र बजेटमा उचित संवोधन गर्ने बचन दिएका थिए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल कर्णाली प्रतिष्ठान कर्णाली सरकार भन्दा एक स्टेप अघि गएर स्वास्थ्यका क्रियाकलाप गरिरहेको प्रति खुसी पोख्छन् । उनले भने,‘ कर्णाली सरकारले यहाँको अस्पतालको व्यवस्थापनसम्म पुग्न हम्मेहम्मे हुनेछ । संकटको समयमा देखाएको कामको सदैब उच्च मूल्यांकन हुनेछ ।  

 

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App