२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बृहत् स्वास्थ्य शिविरबाट ६ हजार लाभान्वित

खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट ६ हजार छ ३८ जना लाभान्वित भएको समाजले जनाएको छ।

विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक स्थानमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो। शिविरमा गाइनोकोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायतको निःशुल्क उपचार र औषधि वितरण गरिएको  समाजका अध्यक्ष डा. प्रमोद राईले बताए।

शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। शिविर सञ्चालनमा तीन करोड दश लाख खर्च भएको उनले जानकारी दिए।

जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित बृहत् स्वास्थ्य शिविरको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चैत १४ गते उद्घाटन गरेका थिए।

प्रकाशित: २४ चैत्र २०८० ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App