२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्दै एनआरएनए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। बिहीबार  धनगढीमा आयोजित कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरे।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले प्लान्टको उद्घाटन गर्दै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमासेती प्रादेशिक अस्पतालको योगदान महत्वपूर्ण रहेको बताए।

मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गरे। उनले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको तर बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे।

डा. केसीले कोरोना महामारीका बेला एनआरएनएले विदेशमा र नेपालमा रहेका नेपालीलाई ठूलो सहयोग पुर्‍याएको स्मरण गरे। एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्न सक्ने भएकाले अस्पताललाई मोबाइल ब्लड बस र अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको बताए। उनले भने, ‘नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा सञ्चालन गर्न सकिने छ।’

अस्पतालका अध्यक्ष शाहले प्लान्ट निर्माणपछि अस्पताल अक्सिजनमा पूर्णरूपमा आत्मर्निभर भएको बताए। प्लान्टले हावामा रहेको अन्य अक्सिजन प्रशोधन गरेर एक घन्टामा आठवटा सिलिन्डर तयार गर्न सक्छ।

प्रकाशित: १२ माघ २०८० ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App