‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ। तर नेपालमा भने अहिले पनि यो औषधि पशुपंक्षीमा प्रयोग भइरहेको एक अनुसन्धान प्रतिवेदनले औंल्याएको छ।
हालै स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग तथा मूल्याकंनको स्थिति’ विषयक अनुसन्धानले यस्तो औंल्याएको हो। प्रतिवेदन अनुसार नेपालमा कडा प्रतिबन्ध लगाइएको यो एन्टिबायोटिक अहिले पनि २ प्रतिशत पशुपंक्षीमा लुकिछिपी प्रयोग भइरहेको छ। सरकारले यो औषधि सन् २०१९ मा नै बजारमा प्रतिबन्ध लगाइसकेको थियो।
‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ।
सबैभन्दा कडा तहको यो एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा प्रयोग भएमा मानसि या पशु दुवैको शरीरमा भएका अन्य ब्याक्टेरियाविरुद्ध लड्ने क्षमता कमजोर हुने मानिस तथा पशुपंक्षीको प्रतिरक्षा क्षमता कमजोर हुन्छ।
पछि गएर कुनै संक्रमण भएमा कुनै पनि एन्टिबायोटिकले काम नगर्न सक्छ। त्रिभुवन विश्वविद्यालय माइक्रोबाइलोजी विभागका सहप्राध्यपक मेघराज बञ्जाराले भने, ‘कतिपय तराईका जिल्लाहरूमा यो औषधिको लुकिछिपी प्रयोग भएको देखिन्छ।’
पशुपालन क्षेत्रमा पशुचिकित्सक, भेटनरी, सहायक पशुस्वास्थ्यकर्मीबाट पनि पशुपंक्षीमा परीक्षणविना नै एन्टिबायोटिक प्रयोग गर्ने गरेको पााइएको छ। प्रतिवेदनअनुसार ३४ प्रतिशत पशुचिकित्सक तथा सहायक पशु स्वास्थ्यकर्मीहरूको लागि पशुको जाँचको लागि प्रयोगशालाको पहुँच छ।
सबैभन्दा कडा तहको यो एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा प्रयोग भएमा मानसि या पशु दुवैको शरीरमा भएका अन्य ब्याक्टेरियाविरुद्ध लड्ने क्षमता कमजोर हुने मानिस तथा पशुपंक्षीको प्रतिरक्षा क्षमता कमजोर हुन्छ।
तीमध्येमा ३२ प्रतिशतले मात्र पशुको उपचारमा एन्टिबायोटिक ससेप्टिलिबिटीको परीक्षण गर्न सिफारिश गरेर मात्र एन्टिबायोटिक प्रयोग गर्छन्। त्यसैगरी ६६ प्रतिशत फार्मेसीहरूले बिक्री भएका एन्टिबायोटकको अभिलेख राखेका छैनन्।
ट्राइक्लिसिन, अक्सिट्रासाइलिन, इनरोफलक्सिन र जेन्टामाइसिन भेटनरीबाट बढी मात्रामा बिक्री भएको देखिन्छ। त्यसैगरी, कृषक तथा पशु व्यसायीले पनि आफुखुसी पशुपंक्षीमा एन्टिबायोटिक प्रयोेग गरेको अध्ययनले देखाएको छ।
तथ्यांक अनुसार ३७.४ प्रतिशत कृषकले स्थानीय स्थानीय औषधि प्रयोग गर्ने गरेको, ३० दशमलव ५ प्रतिशत कृषकले औषधि किनेर खुवाउने गरेको पाइएको छ। ७० प्रतिशत कृषकले छिटो निको पार्नको लागि एन्टिबायोटिकको डोज बढाउँदै लाने गरेको पाइएको छ।
ट्राइक्लिसिन, अक्सिट्रासाइलिन, इनरोफलक्सिन र जेन्टामाइसिन भेटनरीबाट बढी मात्रामा बिक्री भएको देखिन्छ। त्यसैगरी, कृषक तथा पशु व्यसायीले पनि आफुखुसी पशुपंक्षीमा एन्टिबायोटिक प्रयोेग गरेको अध्ययनले देखाएको छ।
चेतनाको कमी हुनु, व्यवसायमा घाटा पर्छ भन्ने डरले पनि कडा खालका एन्टिबायोेटिक बढी मात्रामा प्रयोग गर्ने गरेको पाइएको रिपोर्टले देखाएको छ।
त्यसैगरी, पशुचिकित्सक तथा भेटनरी तहमा पनि स्पष्ट कानुन तथा नीतिको अभाव, सहज पहुँच,दर्ता नभएका फार्मेसी, प्रयोगशालाको कमी, स्वास्थ्यकर्मीहरूमा जनचतेना तथा पे्ररणाको कमी, प्रमाणविना नै उपचार गरिने कारण पनि पशुपंक्षीमा एन्टिबायोटिकको दुरूपयोग भएको प्रतिवेदनमा उल्लेख छ।
अन्य क्षेत्रमा पनि लुकिछिपी प्रयोग भएको हुनसक्ने उनको अनुमान छ।
प्रकाशित: २५ असार २०८० ०२:०३ सोमबार