२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क आँखा शिविरमा १ हजार बढीको आँखा जाँच

३५१ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन हुने

कपिलवस्तु नगरपालिका वडा नम्बर २ निग्रोधराम स्थित कुदनामा भएको आँखा शिविरबाट एक हजा बढीले आँखाको जाँच गराएका छन्। रोयल थाई मोनास्ट्री लुम्बिनी स्वर्णभुमि फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा एक दिने निःशुल्क आँखा शिविर भएको हो।

शिविरमा एक हजार ४७ जनाले सेवा लिएका हुन्। शिविरमा जिल्लाका विभिन्न स्थानबाट आँखाको जाँच गराउन आएका सेवाग्राहीको भीड लागेको थियो। सो शिविरबाट भेटिएका ३ सय ५१ जनाको मोतिया विन्दुका अप्रेशन हुने लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा वाट थाई कपिलबस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताए।

रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलबस्तुमा रहेका गरीब, दलित असाहय परिवारलाई विगत आठ बर्षदेखि निः शुल्क शिविर सञ्चालन गर्दै आएका उनले बताए। यस्तै कपिलबस्तुमा विगतदेखि नै आँखा शिविर लगायतको विभिन्न शिविरहरु गरिदै आएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले बताए।  

प्रकाशित: २२ मंसिर २०७९ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App