१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी सुरु

भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले यसका लागि तयारी सुरु गरेको हो।

त्यसको लागि जिल्लाका दुई वटा नगरपालिकाहरूमा जग्गा खोजी कार्य सुरु भएको जनाइएको छ। जिल्लावासीहरूलाई आयुर्वेद उपचार पद्धतिबाट उपचार गरी सेवा दिने उद्देश्यका साथ यस्तो योजना सुरु गरिएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरका कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले योजना अनुसार जिल्लाको दुई वटा नगरपालिकाहरूमा जग्गाको खोजी कार्य थालेको जनाए। विशेष गरेर जिल्लाको सूर्य विनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा जग्गाको खोजी कार्य थालेको उनले बताए। ती दुई नगरपालिकाहरुसँंग समन्वय गरी जग्गा खोज्ने कार्य जारी रहेको उनले सुनाए।

आयुर्वेद सेवा प्रवर्धनका लागि स्थानीय स्तरका पत्रकारहरुसँंग मंगलबार जिल्ला प्रशासन कार्यालय हलमा गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरका कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा गिरीले जिल्लावासीलाई वैकल्पिक उपचार पद्धतिबाट पनि सेवा दिन योजना अनुसार काम अगाडि बढाइरहेको स्पष्ट पारे। जिल्लामा सरकारी स्तरबाट भक्तपुर अस्पताल एउटा मात्रै छ। यसबाहेक यहाँ अन्य विभिन्न निजी अस्पतालहरू पनि छन्।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले साइड इफेक्ट नपार्ने यो उपचार पद्धतिको विकासमा सबैले जोड दिनुपर्ने बताइन्। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर खड्काले अहिलेको महँगो उपचारको बेला यो उपचार पद्धति उपयुक्त भएको बताए।

कार्यक्रममा उनले नेपालको आफ्नै उपचार पद्धतिको रुपमा रहेको यो उपचार पद्धतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। जडीबुटीलगायतबाट उपचार हुने यो उपचार विधि सिक्नका लागि संसारका विभिन्न देशका मानिसहरू नेपाल आइरहने भन्दै उनीहरूलाई यसलाई अगाडि बढाउनुपर्ने खाँचो औँल्याए। यसका लागि जडीबुटी खेतीलाई नगदेवालीको रुपमा व्यावसायिक रुपमा अगाडि लैजानुपर्नेमा जोड दिए।

कार्यक्रममा जनाइए अनुसार यो पद्धतिबाट उपचार गर्दा २३ थरीका औषधिहरू निःशुल्क पाइन्छ। कार्यक्रममा जानकारी गराए अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले मात्रै वार्षिक १४ हजार विरामीह्रुलाई सेवा दिँदै आएको छ।

कार्यालयले जिल्ला कार्यालयसहित जिल्लाभित्रका विभिन्न सरकारी आयुर्वेद संस्थाहरूबाट ती सेवाहरू दिइरहेको जनाइयो। नागरिक आरोग्य सेवा केन्द्रको रुपमा नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नगरपालिका वडा नं ६ चोंछें, नागरिक आरोग्य सेवा केन्द्र चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरी, नागरिक आरोग्य केन्द्र सूर्य विनायक नगरपालिका वडा नं १० जोरपाटीमा रहेका छन्। साथै आयुर्वेद औषधालयको रुपमा खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी, मध्यपुर आयुर्वेद औषधालय मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली रहेका छन्।

कार्यालयले नियमित रुपमा विशेषज्ञ आयुर्वेद चिकित्कसहरुद्धारा बिरामी परीक्षण र परामर्श सेवालगायतका सेवाहरू निरन्तर प्रदान गर्दै आइरहेको जनाइएको छ। साथै हाडजोर्नी तथा नशा रोग, दम, पिनास, टाउको दुखाई, माइग्रेन, अनिन्द्रा, तनाव, उक्त रक्तचापलगायतमा पनि सेवा दिइरहेको जनाइयो।

प्रकाशित: २० मंसिर २०७९ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App