१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

माध्यमिक शिक्षालाई निःशुल्क गर्न नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहनेः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यमिक तहको शिक्षालाई निःशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सुवालले माध्यमिक तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने बताए। उनले सरकारले माध्यमिक शिक्षालाई निःशुल्क र अनिवार्य गराउन नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताए। उनले विश्वविद्यालय शिक्षापनि निःशुल्क हुनुपर्ने बताए।

सांसद सुवालले तराईका जनताले आर्सेनिकयुक्त खानेपानी खानुपर्ने स्थितिमा खानेपानी मन्त्रालयको पनि औचित्य नभएको बताए।

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मावि शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क नगर्ने हो भने यो मन्त्रालयको आवश्यकता छैन। ठगि गरिरहेका विदेशी विश्वविद्यालयका कलेजहरुको सञ्चालन अनुमती खारेज नगर्ने हो भने यो शिक्षा मन्त्रालयको आवश्यकता छैन। यो शिक्षा मन्त्रालयको औचित्य छैन।'

प्रकाशित: २६ जेष्ठ २०७९ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App