३१ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

सरकारले महत्वका साथमा शुरुआत गरेको 'एक विद्यालय-एक नर्स' कार्यक्रम खाँडाचक्र नगरपालिकामा प्रभावकारी बन्दै गएकोे पाइएको छ। खाँडाचक्र नगरपालिकाको वडा नं-३ ताडीको जनजीवन माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा ममता आचार्यले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रुपमा विद्यालयमै उपचार पाएको बताइन्।

‘पहिले रजस्वला हुँदा विद्यालयमा प्याड नपाउँदा समस्या हुने गरेको भए पनि अहिले भने निःशुल्क सेनेटरीप्याड र प्रथामिक उपचार पाउँदा सहज भएको छ,’ उनले भनिन्, ‘पहिले स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययानमा समेत बाधा पुग्दै आएको थियो, अहिले विद्यालयबाट निःशुल्क प्याड पाउँदा सहज भएको छ।’  

दुई वर्षदेखि विद्यालयमा स्वास्थ्य समस्या नभएको जनजीवन माध्यामिक विद्यालयका प्रधानाध्यापक तेवबहादुर शाहीले बताए। ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ,’ उनले भने, ‘महिनावारी भएको समयमा विद्यालय छोड्ने छात्राको संख्या शून्य भएको छ।’

कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा विद्यार्थीको स्वास्थ्य चेकजाँच, प्रजनन् स्वास्थ्य, हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको स्कुल नर्स प्रतिभा शाहीको भनाइ छ। ‘यो कार्यक्रमले किशोरीको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भनिन्, ‘विशेष गरेर किशोरीले महिनावारीको समस्याबारे खुलेर भन्न सकिरहेका हुँदैनन्।’

महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्स सँग निर्धक्क राख्न सक्ने भएको बताउर्दै उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएको स्कुल नर्स प्रतिभा शाहीलको भनाइ छ। खाँडाचक्र नगरपालिका–६ को सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा अरुना कुमारी शाहीले पनि विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताइन्।

‘विद्यालयमा रजस्वला हुँदा अगाडि पछाडी बसेका साथीले जिस्क्याउने गर्थे,’ उनले भनिन्,‘तर अहिले विद्यालय नर्सले जस्तो सुकै समस्या आउँदा सजिलो भएको छ।’ विशेष गरेर किशोरीले महिनावारीको समस्या जस्ता धेरै समस्या भोग्नु परेको छ। विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नु पर्ने विद्यालयमा अध्यान गर्ने छात्राहरुको अर्को समस्या हो। महिनावारीकै कारण धेरै दिन पढाई छुटाउनु पर्ने बाध्यता थियो, अहिले हाम्रो विद्यालयमा अध्यान गर्ने छात्राहरु विद्यालयमा नियमित आउने गरेको स्कुल नर्स  पार्वती शाहीले बताइन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App