१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविको सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि अर्को सूचना नआएसम्म परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो।

भोलि र पर्सी हुने भनिएको प्रवेश परीक्षा भने यथावत नै रहने त्रिविले जनाएको छ। त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ।

तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो।

प्रकाशित: ६ माघ २०७८ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App