१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

नेपाल र इजरायलका विश्वविद्यालयबीच सहमति

त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छल/ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्धेश्यले यी दुई विश्व विद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। भर्चुअल हस्ताक्षर भएको कार्यक्रममा इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यले इजरायलको तेल अविव विश्वविद्यालय इजरायलकै सबैभन्दा ठूलो विश्वविद्यालय भएको बताइन्।

तेल अविव विश्वविद्यालयको परिसरमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच भएको उक्त सझौतापत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अविवि विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको राजदूत शाक्यले जानाइन्। कुटनीतिक सम्बन्धको ६ दशक पूरा भएको अवसरमा दुई देशबीच सधै सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ।

हस्ताक्षरसँगै अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएको छ। यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय/विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि ठूलो सहयोग पुग्ने विश्वास छ। त्रिभुवन विश्वविद्यालयका रेक्टर भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरूबीच अनुभवन आदन–प्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी जनाए ।

सोही अवसरमा नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अविव विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको सम्झौतापत्र समेत प्रकाशित गरिएको थियो ।

प्रकाशित: ४ भाद्र २०७८ ००:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App