५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षामा सुधार आवश्यक : राई

राष्ट्रको विकासका लागि आवश्यक सक्षम र दक्ष नागरिक तयार पार्नका निम्ति शिक्षामा सुधार ल्याउन  आवश्यक रहेको  संघीय सांसद  राजेन्द्रकुमार राईले बताएका छन्। धनकुटाको हात्तिखर्क भारती मा.वि.मा निर्माण गरिएको ४ कोठे भवनको उद्घाटनपछि उनले शिक्षामा सुधार जरुरी रहेको बताएका हुन्।

उनले विद्यालयबाट शिक्षा पूरा गर्ने तर काम र रोजगारीको क्षेत्रमा दक्षता भएका जनशक्ति आवश्यकताअनुसार उत्पादन गर्न नसकिएको बताए। सोही कारण शैक्षिक बेरोजगार बढिरहेको बताउँदै उनले शिक्षा क्षेत्र सुधारका लागि काम भइरहेको समेत जनाए।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत् नवनिर्मित ४ कोठे भवन ६९ लाख ३० हजारमा आर्थिक वर्ष ०७७/०७८ मा निर्माण कार्य सम्पन्न गरिएको हो। भवन हस्तान्तरण कार्यक्रममा प्रदेश सभासद्द्वय निरन राई र ईन्द्रमणी पराजुलीले विद्यालयलाई बधाई तथा शुभकामना दिएका थिए। भवन बनेपछि विद्यालयमा अध्ययनरत ४ सय भन्दा बढी विद्यार्थिलाई पठनपाठनमा सहयोग पुग्ने सहायक प्रधानाध्यापक प्रेम कार्कीले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०७८ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App