१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्री पनि पढाउँदै

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ।
विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत शेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसकेका छन्।  
नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, ऊर्जा क्षेत्रको प्रभावबारेमा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा, राजश्वबारेमा अर्थविद् डा डिल्लीराज खनाल र डा चन्द्रमणि अधिकारीले बहसमा भाग लिएका छन्।  
यस्तै अर्थशास्त्री, स्थानीय सरकारका प्रतिनिधि, नेपाल सरकारका राजश्व सचिव रामशरण पुडासैनी, पूर्वअर्थ सचिव रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा, डा.शान्तराज सुवेदी, पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट सहभागी थिए      
अहिले शोध अनुसन्धान विधाअन्तर्गत नेपालका मूर्धन्य विज्ञबाट सम्पन्न गर्नेगरी एकहप्ते रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले प्राज्ञिक मन्तव्य दिएका थिए। यसमा स्रोत व्यक्तिका रुपमा प्राडा चैतन्य मिश्र, प्राडा मनप्रसाद वाग्ले, प्राडा वासुदेव काफ्ले, प्राडा महानन्द चालिसे, प्राडा शिवराज अधिकारी र प्राडा ध्रुवकुमार गौतम रहेका छन्।  

 

प्रकाशित: २२ भाद्र २०७७ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App