२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयसँग छलफल

 टोखा नगरपालिकाले बन्दाबन्दीको समयमा अनलाइनमार्फत  पठनपाठन सुरू गर्न संस्थागत र सामुदायिक विद्यालयसँग छलफल सुरु गरेको छ ।    टोखा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गर्नेबारे छलफल शुरु गरेको हो ।           

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम गौतमले कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा शैक्षिक संस्था सञ्चालन गर्नेबारे जनप्रतिनिधि र विद्यालयका प्राचार्य तथा शिक्षकसँग छलफल सुरु गरिएको जानकारी दिए ।          

टोखाले विद्युतीय उपकरणको पहुँचमा नरहेका, रेडियोको पहुँच भएका बालबालिका, टेलिभिजनको पहुँच भएका, कम्प्युटरको पहुँच भएका बालबालिका र मोबाइलको पहुँच भएका बालबालिकालाई लक्षित गरेर छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न लागेको छ ।  

‘कुन विद्युतीय उपकरणको पहुँच भएका बालबालिका कति छन्, त्यसका आधारमा रुटिङ बनाएर कक्षा सञ्चालन गर्ने तयारीमा लागेका छौं,’ उनले भने । कक्षा सञ्चालन गर्दा अनलाइनको पहुँच भएका बालबालिकालाई सजिलो हुने नगरपालिकाले जनाएको छ । टोखामा आठ सामुदायिक विद्यालय, ८४ संस्थागत विद्यालय र ३५ मन्टेश्वरी रहेका छन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App