२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन

ललितपुर – ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा ‘अक्सफोर्ड न्यु पाथ फाइन्डर : एन इन्टरएक्टिभ कोर्स इन इङ्लिस’ पुस्तक विमोचन गरिएको छ। अक्सफोर्ड युनिभर्सिटी प्रेसले कक्षा १ देखि ८ सम्म शृंखलाका रूपमा उक्त पुस्तक प्रकाशन गरेको हो। पुस्तक विमोचनलगत्तै शिक्षक तालिम पनि सम्पन्न गरिएको छ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीको अंग्रेजी भाषालाई व्यावहारिक तथा अन्तक्र्रियात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्यले विभिन्न विद्यालयका शिक्षकलाई एक दिवसीय उक्त तालिम दिइएको हो। पुस्तक विमोचन तथा कार्यक्रममा ललितपुरको जावलाखेलस्थित डिएभी विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर जर्ज एमपीलगायत उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयका प्रिन्सिपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उल्लेख्य सहभागिता थियो।

शिक्षण तालिममा प्रमुख स्रोत व्यक्तिका रूपमा गायत्री खन्ना थिइन्। अक्सफोर्ड युनिभर्सिटी प्रेससँग आबद्ध उनी विमोचित पुस्तककी लेखिकासमेत हुन्। सिबिएसई बोर्डमा पनि सम्बद्ध खन्नाले एनसिइआरटीका प्रकाशनहरूको जिम्मेवारीसमेत सम्हालेकी हुन्। शिक्षिका भई आफ्नो करिअर थालेकी उनी अहिले चर्चित प्रशिक्षक भइसकेकी छन्।

प्रकाशित: ११ मंसिर २०७६ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App