३० आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

एजुकेसन पार्ककाे इन्फरमेसन सेसन

काठमाडौं – एजुकेसन पार्कले उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया वा अन्य देश जान चाहने वा तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकवर्गलाई लक्षित गरी चैत्र २२ र २३ गते शुक्रबार र शनिबार काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलको आठौं तलामा रहेको कार्यालयान ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ आयोजना गर्ने भएको छ। एजुकेसन पार्कले विगत लामो समयदेखि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजील्यान्डलगायतका देश जान चाहने विद्यार्थीहरुका लागि भाषा कक्षा तथा शौक्षिक परामर्श दिँदै आएको छ।

विदेश अध्ययनमा जाने विद्यार्थी बढेसँगैचुनौती पनि थपिँदै गएकाले अभिभावक पनि सही रुपमा सुसूचित रहनु पर्ने आवश्यकता देखिएको छ। यसैलाई मध्यनजर गर्दै अध्ययनमा जाँदा विद्यार्थीको सम्पूर्ण शैक्षिक, सामाजिक, व्यक्तिगत तथा आर्थिक पाटो अभिभावकहरुले नै बेहोर्नु पर्ने भएकाले त्यसको उचित व्यवस्थापनको परामर्श पनि जरुरी देखिन्छ।

अभिभावकबिना विद्यार्थीहरु मात्र यस्ता संवेदनशील निर्णयमा सरिक हुँदा गलत सल्लाहको सिकार भएको घटना बेलाबखत देखिने गरेको छ। यसका साथै उचित सूचनाको कमीले गर्दा विदेशमा अध्ययन सुरु गरिसकेका विद्यार्थीहरुमा समेत आप्mनो जीवनको विभिन्न पक्षमा सन्तुलन ल्याउन नसक्दा मानसिक तनावको अवस्थामा रहेको समाचारहरु पनि नआएका होइनन्। यावत् कारणहरुले गर्दा अबका दिनमा विद्यार्थी सँगसँगै अभिभावकलाई पनि परामर्श आवश्यक रहेको महसुस भएकाले प्यारेन्ट्स इन्फरमेसन सेसनको आयोजना गरिएको हो।

शैक्षिक परार्मशको क्षेत्रमा क्रियाशिल विज्ञहरुको समूहद्वारा सञ्चालित एजुकेसन पार्कबाट कैयौं विद्यार्थीहरुले यथार्थ परामर्श लिई अध्ययनका लागि विदेश गएर आफ्नो भविष्य उज्ज्वल बनाइसकेका छन्। एजुकेसन पार्कले समय समयमा यस प्रकारका सूचनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित: २० चैत्र २०७५ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App