१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

लोक सेवाले निकाल्यो भदौ र असोजमा लिएका परीक्षाको परीक्षाफल

लोक सेवा आयोगले गत भदौ र असोजमा विभिन्न तह, पद र श्रेणीमा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गर्दै तीनमा छनौट भएका उम्मेदवारहरूलाई प्रयोगात्मक र अन्तरवार्तामा सहभागी हुन सूचित गरेको छ।

आयोगले त्यतिबेला प्राविधिक पदहरूमा विज्ञापन आव्हान गर्दै लिखित परीक्षा लिएको थियो।

आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै गत भदौ र असोजमा लोकसेवाको जलेश्वर, काठमाडौँ र पोखरा कार्यालय सञ्चालन गरेको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो।

ती परीक्षामा उत्तीर्ण उम्मेदवारहरूलाई प्रयोगात्मक र अन्तरवार्तामा सहभागी हुन आयोगले सूचना जारी गरेको हो।

आयोगले छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल दुई प्रति, दरखास्त फारामको प्रथम र द्वितीय पाना दुई/दुई प्रति भरेर प्रवेश पत्र लिएर तोकिएको प्रयोगात्मक र अन्तरवार्ता परीक्षाको दिन एक घण्टा अघि नै उपस्थित हुन आग्रह गरेको छ। उक्त दिन सार्वजनिक बिदा परे पनि कार्यक्रम सञ्चालन हुने जनाएको छ।

प्रयोगात्मक र अन्तरवार्ता परीक्षा लोकसेवा आयोगका जलेश्वर, पोखरा र काठमाडौँमा हुने जनाइएको छ। ती परीक्षा माघ महिनाका फरक/फरक दिनमा हुने जनाइएको छ।

प्रकाशित: १८ पुस २०८० ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App