५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

बुक फ्रि फ्राइडेलाई अझ सशक्त बनाउन शिक्षकलाई आग्रह

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्।

काठमाडौं महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा स्थानीय भाषाको माध्यमबाट स्थानीय विषयको पठनपाठन शुरु भइसकेपछि बालबालिकाहरूले काठमाडौंलाई अझ नजिकबाट बुझ्ने र काठमाडौंप्रति अपनत्वको भावना जागृत हुने पनि उनले बताइन्।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्।

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पढाउने प्रशिक्षण सहायक (शिक्षक) हरूका लागि आयोजित पाँचदिने पुनर्ताजगी तालिमको समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन्।

तालिम काठमाडौं महानगरपालिकाका लागि नेवाः स्यनामि दबू नेपालमण्डलले सञ्चालन गरेको हो। कार्यक्रममा प्रमुख प्रशिक्षक वरुण प्रसाद वैद्य, शिक्षा समितिका सदस्य गुजेश्वरी श्रेष्ठ, प्रशिक्षार्थी नितु डंगोलले पनि मन्तव्य राखेका थिए।

प्रकाशित: २५ असार २०८० ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App