२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

‘हिमालयन साइन्स फेस्टिभल’को दोस्रो संस्करण नेपालगन्जमा हुने

महोत्सवबारे जानकारी दिँदै हिमालयन साइन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेत। तस्बिरः नागरिक

हिमालयन साइन्स फेस्टिभलको दोस्रो संस्करण आगामी फागुन पहिलो साता नेपालगन्जमा हुने भएको छ। आगामी फागुन २ र ३ गते नेपालगन्जमा फेस्टिभल गर्ने तयारी भइरहेको हिमालयन साइन्स फाउण्डेशनले जानकारी दिएको हो।  

२०७६ माघ महिनामा पहिलो संस्करण आयोजना गरेर सुरु भएको विज्ञान महोत्सवको श्रृंखला, कोरोना महामारीले गर्दा बिचमा केही वर्ष रोकिएपनि फेरी यस वर्षदेखि सुचारु गर्न लागेको फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए।  

विज्ञान तथा प्रविधिको विकासबाट राष्ट्र निर्माणमा योगदान दिने अभियान स्वरूप महोत्सव गर्न लागिएको उनले बताए। बस्नेतका अनुसार महोत्सवमा कक्षा ८ देखी १२ सम्मका सबै सरकारी तथा निजी विद्यालयहरूका विद्यार्थीले आफ्नो विज्ञान तथा प्रविधि सम्बन्धी कला प्रदर्शन गर्नेछन्।  

वालाबिज एजुकेशनल सर्भिसेजको सहयोगमा हुन लागेको महोत्सवमा नेपालगन्ज उपमहानगरपालिका, प्याब्सन नेपालगन्ज र साइन्स टिचर एशोसियशन अफ नेपाल (स्टान) को सहकार्य रहेको छ। फाउण्डेशनका अध्यक्ष बस्नेतले राज्यबाट सधैं उपेक्षामा रहेको विज्ञान तथा प्रविधिको विषय सामाजिक बहसको विषय कहिल्यै बन्न नसकेको दुखेसो पोखे।  

देशभित्र रहेका वैज्ञानिक प्रतिभाहरुलाई प्रस्फुटन हुने मौका दिन आफूहरूले विज्ञान तथा प्रविधि महोत्सव आयोजना गर्ने जमर्को गरेको उनले बताए। आयोजकका उक्त महोत्सवमा करिब ५० वटा स्टल रहनेछन्।  

प्रकाशित: २० मंसिर २०७९ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App