१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एलजीको युक्यु सिरिज टिभी बजारमा

एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले वल्र्ड कपलक्षित गरी युक्यु सिरिजको नयाँ मोडलको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ। कम्पनीले युएचडी टिभी श्रेणीमा ४३, ५०, ५५, ६५, ७५ र ८६ इन्चको टिभी बजारमा ल्याएको हो।  

कम्पनीले युएचडी टिभी श्रेणीमा नेपालकै नम्बर एक टिभी ब्रान्डमा आफूलाई स्थापना गरेकोे दाबी छ।  सार्वजनिक गरेको नयाँ टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपिएस प्यानल फोर के, म्याजिक मोसन रिमोट कन्ट्रोल, स्पोर्टस् अलटजस्ता थुप्रै विशेषता रहेको कम्पनीले जनाएको छ।  

यस्तै यसमा एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिटजस्ता विशेषता पनि रहेको तथा एप्पल एयर प्लेय २ को मद्दतले आइफोनबाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App