१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आयात प्रतिबन्ध खुलाउन विश्व बैंकको सुझाव

विदेशी विनिमय सञ्चितिमा परेको चापका कारण सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाइरहेको बेला विश्व बैंकले आयात प्रतिबन्धलाई खुलाउन सुझाव दिएको छ। राजधानीमा सोमबार आयोजित ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमाथिको छलफलका क्रममा विश्व वैंकले आयात प्रतिबन्ध हटाउन नेपाललाई सुझाव दिएको हो।  

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। अझै चारवटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । चारपाङ्ग्रे सवारी साधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल, मदिराको आयात मंसिरसम्मका लागि प्रतिबन्धित छ।

यसअघि अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि प्रतिबन्ध खुलाउन सुझाव दिएको थियो। विश्व बैंकले नेपालको आर्थिक वृद्धि ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ। त्यसैगरी सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले जिडिपी वृद्धि हुने विश्व बैंकको अनुमान छ।

सन् २०२२ को मुद्रास्फीतिदर ६.३ प्रतिशत रहने आकलन विश्व बैंकको छ। कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने अनुमान छ। सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान छ।

प्रकाशित: १५ कार्तिक २०७९ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App