३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एचभीडिसी संरचनाबाट कम्तिमा ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सहमति

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले बंगलादेशको भेरामारामा अवस्थिति एचभीडिसी संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट प्रारम्भिक चरणमा ४०-५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सहमति भएको छ।

संघीय राजधानी काठमाडौंमा बिहीबार भएको वार्तामा नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारी र बंगलादेशकोतर्फबाट पावर,इनर्जी एण्ड मिनरल रिसोर्सेजका सचिव मोहम्मद हबिबुर रहमानको नेतृत्वमा बसेको बैठकले नेपाल विद्युत् प्राधिकरण,बंगलादेश पावर डेभलमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत खरिद बिक्री सम्झौता गर्नका लागि प्राधिकरण र बोर्डले भारतीय कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ।  

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले ६८३ मेगावाटको सुनकोशी ३ जलविद्युत आयोजनाका विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन अध्ययन प्रतिवेदन समेत यथाशीघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।‘अध्ययन प्रतिवेदनहरुमा बंगलादेश पक्षले छिट्टै आफ्नो धारण दिने एवं आयोजना विकासका लागि संयुक्त उपक्रम गठन गर्ने प्रक्रिया अघि बढाइने निर्णय भएको छ,’ उनले भने। दुवै पक्षबीच भएको बैठकले नेपाल र बंगलादेश डेडिकेटेड विद्युत् प्रसारणलाइन निर्माण गर्न बंगलादेश,भारत र नेपालबीच त्रिपक्षीय समझदारीको लागि पहल गर्ने निर्णय गरेको छ।  

त्यसैगरी बैठकले सोलार होम सिस्टम लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा सहकार्यका लागि नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको सस्टेनेवल एण्ड रिनुवेवल इनर्जी डेभलभमेन्ट अथुरिटीसँग एक महिनाभित्रै समझदारीको मस्यौदा तयार पर्ने सहमति भएको छ। त्यसैगरी बंगलादेश पावर म्यानेजमेन्ट इन्ष्टिच्यूटले दिने तालिम र जलविद्युत् आयोजनाहरुमा नेपालले हासिल गरेको अनुभव आदानप्रदान कार्यक्रम लगायत द्धिपक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा तयार गर्न नेपाल बंगलादेश संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने निर्णय भएको छ। बंगलादेश पक्षबाट बंगलादेश पावर डेभलमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम र जिएमआर कर्णाली जलविद्युत् विकास कम्पनीबीच आगामी सेटेम्बर महिनाभित्र ५ सय मेगावाट क्षमताको विद्युत् विक्री सम्झौता हुने बताइएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App