३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रीस्तरीय निर्णयले साउन २ वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको ८.३९ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।

मन्त्रिस्तरीय निर्णयले साउन ५ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयनमा आएको हो। मन्त्रालयले निर्णय गरेसँगै बिहीबारदेखि काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा गुड्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको यात्रा गर्दा यात्रुले अब २० रूपैयाँ तिर्नुपर्नेछ। यसअघि उपत्यकामा यात्रुले ५ किलोमिटरसम्म सार्वजनिक यातायातमा यात्रा २० रूपैयाँ नै कायम गरेको छ।

५ किलोमिटरसम्मको दुरीको भाडा वृद्धि नगरे पनि सोभन्दा माथिको दुरीको भाडा भने वृद्धि गरेको छ। यात्रुले १० किलोमिटरसम्मको यात्रा गर्दा अब २७ रूपैयाँ तिर्नुपर्ने भएको छ।

यसअघि १० किलोमिटरसम्मको सार्वजनिक यातायातको भाडा २५ रूपैयाँ थियो। मन्त्रालयका अनुसार १५ किलोमिटरसम्मको यात्रा गर्दा ३२ रूपैयाँ, २० किलोमिटर दुरीको यात्रा गर्दा ३५ रूपैयाँ र २० किलोमिटरमाथिको दुरीको यात्रा गर्दा सर्वसाधारणले ४० रूपैयाँ भाडा तिनुपर्ने भएको थियो।

उपत्यकाबाहेक स्थानमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडादरमा ८.३९ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले मालवाहक सवारी साधनको १३.४५ प्रतिकिलोमिटर टनबाट ११.९१ प्रतिशत वृद्धि गरेर १५.०५ किलोमिटर प्रति टन भाडादर कायम गरेको छ।

मन्त्रालयले पछिल्लो पटक भाडादर समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोहीबमोजिम प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडादर समायोजन हुने जनाएको छ।

मन्त्रालयले विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारी साधन र यात्रुवाहक सवारी साधान ट्याक्सीको हकमा गत वैशाख १ गतेदेखि लागु गरिएको भाडादर नै कायम गरिएको जनाएको छ। मन्त्रालयले गत वैशाख १ गतेदेखि लागु हुने गरी पनि भाडा वृद्धि गरेको थियो। 

प्रकाशित: ८ श्रावण २०७९ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App