३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

वायुसेवा सञ्चालक संघले बुधबारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ। मंगलबार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। 

वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्कवृद्धि फिर्ताको माग गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन भएको भन्दै आपत्कालीन उडान सेवा बन्द गर्ने जनाएको छ। 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्री बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही वमानस्थलबाट गर्ने निर्णयप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताए। उनले यो निर्णय सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको पनि बताए। 

प्रवक्ता कँडेलले प्राधिकरणको यस निर्णयका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताए। संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्यांगर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने माग गरेको छ।  

उनले भने, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्यांगर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने।  

मिति २०७९ असार ५ गतेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तीमा उल्लेखित आधार (अप्रेटिङ बेस) को प्रावधानहरु हवाईजहाज तथा हेलिकोप्टर दुवै विमान सेवा कम्पनीहरुको हकमा कागज गरी हालसम्म भइरहेको व्यवस्थाअनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले बिना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने।

नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल, नागरिक उड्डयन प्राधिकरण, एकै निकायबाट भइरहेको कारण युरोपियन एभिएशन्स सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सुचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकोले नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनको लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने।  

त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेको स्थान तथा संरचनालाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने।’

संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाए। उनले प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायी गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताए।  

अध्यक्ष थापाले पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको आरोप लगाउनु भयो। संघले हालसम्म भइरहेको व्यवस्थाअनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले बिना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने, नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनको लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने र त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेको स्थान तथा संरचनालाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने माग राखेको छ।

प्रकाशित: ७ असार २०७९ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App